श्रीमानलाई मन नै नपर्ने श्रीमतीको यी बानी



३० भदौ २०७६, काठमाडौं

श्रीमान–श्रीमतीबीचको सम्बन्ध भनेको दुई आत्माबिचको मिलन हो।

जब दुई फरक विचार भएका व्यक्तिहरु जोडिन थाल्छन्, तब दुवैमा माया–प्रेम बढ्दै जानु स्वाभाविकै हो।

तर यसरी एकै सम्बन्धमा बाधिँसकेपछि पनि कतिपयः एक–अर्काेको बानीहरु भने मन परिरहेको हुँदैन।

त्यसैले, दाम्पत्य जीवनमा बहस,मनमुटाव र झगडा समेत हुने गर्दछ।

श्रीमान–श्रीमती दुवैलाई एक–अर्काको नराम्रो बानीका कारण सँगै बस्न, केही कुरा भन्न मन नलाग्नेसम्म हुन सक्छ।

जसकारण श्रीमान–श्रीमती दुवैले एक–अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ। यसरी एक–अर्काेलाई मन नपर्ने बानी त्याग्दै जानुभयो भने तपाईंको वैवाहिक सम्बन्ध सुमधुर बनिरहन सहयोग पुग्छ।

आज हामी श्रीमतीका केही त्यस्ता बानीहरुको बारेमा बताउँदै छौं, जुन प्रायः श्रीमानहरुलाई मन पर्दैन।

यौन सम्बन्धलाई हतियार बनाउनुः

यौन सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो। तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन्।

उनीहरु श्रीमानसँग कुनै कुरामा मन–मुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव पर्याे भने सबैभन्दा पहिलो काम श्रीमानलाई यौन सम्बन्धबाट वन्चित गर्दछन्।

एउटै ओछ्यानमा सुते पनि उनी श्रीमानको विपरित दिशातिर मुख फर्काएर सुत्ने बानी गर्छन्। श्रीमानलाई भने श्रीमतीको यस्तो बानी मन पर्दैन।

अरुको प्रशंसाः

प्रायः श्रीमतीहरु आफ्नो श्रीमानको मुखबाट अन्य महिलाको प्रशंसा सुन्न भने मन पराउँदैनन्। श्रीमान् अन्य कुनै महिलाको प्रशंसा गरेमा श्रीमतीको मनमा इष्र्या उत्पन्न हुन थाल्छ।

श्रीमतीहरुको मनमा शंका उत्पन्न हुन थाल्छ। आफ्नो श्रीमान् ती महिलाप्रति आकर्षित भएको त होइन, भनेर सोच्न थाल्छन्।

कतिपयः महिलाहरु त भावुक भएर श्रीमानलाई व्याङ्ग्य गर्दै ठुस्स परिदिन्छन्। कतिपय महिलाहरु त ‘तपाईंलाई मेरो कुनै कुरा मन पर्दैन, त्यही महिलाकहाँ जानू न’ भन्न पनि पछि पर्दैनन्।

फेरि, श्रीमानलाई भने श्रीमतीको यस्तो बानी पटक्कै मन पर्दैन।

सधैंको शंकाः

कतिपयः श्रीमतीहरु आफ्नो श्रीमानलाई विभिन्न प्रकारका आरोपहरु लगाइरहन्छन्। मानौं, उनीहरुले आफ्नो श्रीमानको हरेक गतिविधि अथवा बानीमा आपत्ति जनाउँछन्।

जस्तैः आज यो डे्रस किन लगाएको? किन चाँडै अफिस जान लागेको?किन ढिला घर आएको? यति धेरै फोनहरु किन गरिरहेको? इत्यादि जिज्ञासाहरुको लिस्ट निकै लामो हुने गर्छ।

यस्ता प्रश्नहरु सोधेका–ेसोधै गरेर श्रीमतीहरुले श्रीमानहरुलाई सताइरहेका हुन्छन्। यो बानी पनि श्रीमानहरुलाई खासै मन भने पर्दैन।

सपिङः

सपिङ गर्नु श्रीमतीहरुको ठूलो कमजोरी हो। कैयौ पटक त उनीहरु टाइमपास अथवा मन बहलाउन समेत सपिङ गरिदिन्छन्।

उनीहरुको सपिङ निकै बोरिङ हुन्छ। एक–एक चिजहरुलाई ध्यान दिएर हेर्नु र तिनीहरुको मूल्य सोध्नु, कपडाहरुलाई शरिरमै लगाएर हेर्नु, आवश्यकता नभए पनि धेरैभन्दा धेरै खाने कुराहरु किन्नु, डिस्काउन्टको लोभमा धेरैभन्दा धेरै सामानहरु किन्नु र प्रयोग नै नगरी फ्याँकिदिनु वास्तवमै इरिटेटिङ बानी हो।

श्रीमानहरुलाई श्रीमतीहरुको यो बानी त झन् पटक्कै मन पर्दैन।

लगातार बोलिरहनु

कतिपयः श्रीमतीहरु बोल्न थालेपछि लगातार बोलिरहने बानी हुन्छ। उनीहरुमा त्यति धेरै कुराहरु कहाँबाट आउँछ, श्रीमानहरुले थाहै पाउँदैनन्।

साथीको विवाह गएर फर्किएपछि, डाक्टरलाई जचाएर आएपछि, छिमेकीको घरमा नयाँ वासिङ मेसिन अथवा अन्य कुनै विद्युतीय उपकरण आयो भने अथवा विषय जे भए पनि उनीहरु त्यसको ननस्टप कमेन्ट्री नै गर्न थाल्छन्।

एक–एक मिनेटको अपडेट बिस्तारपूर्वक बताउँछन्। जबकी उनीहरुकै श्रीमान ती कुराहरु छोटकरीमा सुन्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्