ज्ञानेन्द्र शाही प्रहरीको सुरक्षामा



२९ भदौ २०७६, काठमाडौं

भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षामा राखेको छ।

कुपण्डोलमा नेपालगञ्ज घटनाबारे खण्डन गर्न पत्रकार सम्मेलन गरिरहेका शाही र त्यहाँ उपस्थित व्यक्तिहरुबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षा प्रदान गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

अहिले उनी महानगरीय प्ररही परिसर जावलाखेलमा छन्। स्रोतका अनुसार पत्रकार सम्मेलनमा नेकपाका कार्यकर्ता छिरेर विषय भन्दा बाहिर गएर अनावश्यक प्रश्न गर्न थालेका थिए।

प्रतिउत्तर दिनेक्रममा झडपको सिर्जना भएको थियो। उनी ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्