संसद बैठक कांग्रेसद्वारा अवरुद्ध



२९ भदौ २०७६, काठमाडौं

बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले तथ्य तोडमोड गरेको र अपराधीको नाम लुकाउन खोजेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कांग्रेस सांसद गगन थापाले बाँके घटनाबारे गृहमन्त्रीले दिएको जबाफ चित्तबुझ्दो नभएको बताए। ‘सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता हुन्,’ सांसद थापाले भने, ‘उनीहरुलाई कारबाही हुनेमा हामीलाई गृहमन्त्रीले विश्वास दिलाउनुपर्छ, होइन भने संंसद् चल्न दिँदैनौं।’

कांग्रेसका सांसदहरुले नेकपाको सरकारले अरिंगाल परिचालन गरी जागरण अभियान बिथोल्न खोजेको आरोप लगाए। किटानी जाहेरी दिएका व्यक्तिको नाम नआएको र गृहमन्त्रीले नै वास्तविक अपराधी लुकाउन खोजेको भन्दै गृहमन्त्रीको जबाफ चित्तबुझ्दो नभएको बताए।

त्यसअघि गृहमन्त्री थापाले बाँके घटनामा नेकपाको कुनै हात नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्