छालामा अचानक निलो दागः यस्ता छन् कारण



२९ भदौ २०७६, काठमाडौं

बिहान उठ्दा कहिले–काहिँ तपाईँको शरिरमा निलो दाग–धब्बा देखिन्छ?

नेपाली समाजमा यस्तो किसिमको दाग–दब्बालाई बोक्सीले चुसेको (टोकेको) भन्ने चलन छ।

विशेषगरी महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ। तर, यसमा कुनै सत्यता भने हुँदैन।

यदि यस्तै तपाईँको शरिरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस्। किनकि शरिरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ।

चकित्सकहरुका अनुसार, शरिरमा देखिने निलो दाग हाम्रो स्वास्थ्य अवस्था बिग्रदै गरेको संकेत हो।

जान्नुहोस्ः शरिरमा देखिने निलो दागका कारणहरु

पोषण तत्वको कमि:

रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरिरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका रहन्छ।

यसकारण तपाईँले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुहोस्।

जस्तैः भिटामिन ‘के’ ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ।

त्यस्तैः जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्दछ।

छालामा चोट:

विशेषगरी छालामा चोट लाग्दा यस्तो दाग देखिने सम्भावना हुन्छ। कहिलेकाँही तपाईंको आफ्नै शरिरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ।

यस्तै, कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ।

यसरी चोट लाग्दा शरिरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरिरमा निलो दाग देखिन्छ।

वोन विलिब्रान्ड रोगः

वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ।

यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ।

यो समस्याबाट पीडित व्यक्तिको शरिरमा सामान्य चोट लाग्दा पनि ठूला निलडाम देखिन चिकित्सकहरुको भनाई छ।

क्यान्सर र किमोथेरापीः

तपाईँ क्यान्सर पीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरिरमा निलो दाग दखिने चिकित्सकहरुको भनाई छ।

कारणः किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छ। ब्लड प्लेट्सहरु तल आउँदा शरिरमा निलो दाग देखिने गर्दछ।

वंशाणुगत रोग हिमोफिलियाः

वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरिरमा निलो दाग देखिने सम्भावना हुन्छ। यो रोगका कारण शरिरका बाहिरी भागमा रगत जम्ने समस्या उत्पन्न हुन्छ।

औषधी सेवनः

केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरिरमा निलो दाग देखिन्छ।

जस्तैः माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अत्यधिक सेवन गर्दा पनि शरिरमा निलो दाग देखिन्छ।

बढ्दो उमरः

बढ्दो उमेर र बुढ्यौलीका कारणले पनिे शरिरमा निलो दाग देखिने चिकित्सकहरुको भनाई छ।

बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरिरमा निलो दाग देखिन्छ।

प्रतिक्रिया दिनुहोस्