गाउँपालिकाको गाडीमा आगजानी



२९ भदौ २०७६, काठमाडौं

सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ।

गाउँपालिकाको आफ्नै कार्यालयअगाडि पार्किङ गरेर राखेको टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडीमा शनिबार मध्यराति आगो लगाइएको हो। गाडी पूर्ण रुपमा क्षति भएको छ।

गाडीमा आगजानी कसले गर्यो भन्ने भने खुलेको छैन। उक्त गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरिएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए।

यसअघि आफूलाइ कहीं कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको उनले बताएका छन्।

सल्यानका डीएसपी ढकेन्द्र खतिवडाका अनुसार जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्