नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवन राम श्रेष्ठ पुनः निर्वाचित



२८ भदौ २०७६, काठमाडौं

नेपाल ओलम्पिक कमिटी (एनओसी)को १० औं चुनावी साधारण सभाले पुनः अध्यक्षमा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठलाई निर्वाचित गरेको छ ।

शनिबार ओलम्पिक कमिटी भवन, सातदोबाटो ललितपुरमा सम्पन्न निर्वाचनमा २७ मतमध्ये उमेशलाल श्रेष्ठलाई १० मतले पछि पार्दै दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका हुन् ।

चार बर्षे कार्यकालको लागि श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । जसमा :

अध्यक्ष
जीवनराम श्रेष्ठ

उपाध्यक्षहरु
ज्योती राणा
तेज बहादुर गुरुङ
अशोक राज बज्राचार्य
सुनिल श्रेष्ठ
चतुरानन्द वैद्य

महासचिव
निलेन्द्र राज श्रेष्ठ

उपमहासचिव
पिताम्बर तिम्सिना

कोषाध्यक्ष
रतन कुमार टन्डन

सदस्यहरु
रमेश प्रसाद सिवाकोटी
राम अवाले
प्रकाश शमशेर राणा
गोपाल सुन्दर लाल कक्षपति
टाँसी घले
होम बहादुर दोङ
दिर्ग बहादुर केसी

प्रतिक्रिया दिनुहोस्