बूनपामा १९ औं इन्द्र बहादुर तामाङ श्रद्धाञ्जली सभा सम्पन्न



२८ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ शाखा कमिटीले १९ औं इन्द्र बहादुर तामाङ श्रद्धाञ्जली सभामा नेकपा प्रदेश ३ सदस्य सुन्दर पुर्कुटीले पार्टी निर्णयको पालना र जनपक्षीय काम गर्न सकेमा स्वर्गीय तामाङ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

तामाङसँग काम गरेको अनुभव सुनाउँदै नेता पुर्कुटीले भने, ‘वहाँ मजदुर संगठन बिस्तार, विकास योजना र जनपक्षीय कामले सबैबिच लोकप्रिय हुनुहुन्थ्यो । अहिले पार्टीमा ब्यक्तिवादी चरित्र हावी भएको बताउँदै स्वर्गीय तामाङले जिल्ला कमिटी सदस्यबाट इलाका कमिटी सचिव हुँदै शाखा कमिटी सचिवको जिम्मेवारी लिदा वहाँमा कुनै हिनताबोध थिएन । तर अहिले कतिपय साथीहरु पार्टी निर्णय आफ्नो पक्षमा नहुने बित्तिकै बिचलित हुने अवस्था सिर्जना भएको छ । त्यसो हुनु भनेको स्वर्गीय तामाङको बिचारलाई बेवास्ता गर्नु हो ।’

कार्यक्रममा नेकपा बूढानीलकण्ठका अध्यक्ष रबिन अधिकारीले स्वर्गीय तामाङको अनुकरणीय योगदानको कारण एउटा सामान्य परिवारमा जन्मेको ब्यक्तिलाई समेत पार्टीले सम्मान गरिरहेको बताए ।

पेशागत महासंघका महासचिव विष्णु लामिछानेले स्वर्गीय तामाङको योगदानलाई चिरस्थायी राख्न स्मृति प्रतिष्ठान बनाउँदा राम्रो हुने धारणा राखे ।

श्रद्धाञ्जली सभाको अध्यक्षता बूनपा ८ का वडाध्यक्ष सुमन तामाङ र संचालन बिनोद थापाले गरेका थिए भने सभामा बूनपा ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, जिल्ला कमिटी सदस्य उद्धव चौलागाई, नेकपा बूढानीलकण्ठका सचिव प्रदीप डंगोल, नेकपा नेता ध्रुव रिमाल, दुर्गा थापा लगायत स्थानीय पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो ।

     

प्रतिक्रिया दिनुहोस्