बाँके घटनाका दोषीलाई कारबाही हुन्छः गृहमन्त्री थापा



२८ भदौ २०६५, काठमाडौं।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गरिने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका हुन्।

‘हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारबाही गर्न सरकार तयार छ।’उनले भने।

मन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनको भनाइ थियो।

घटनामा कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्