इङ्लिस प्रिमियर लिगः लिभरपुल, सिटी र यूनाइटेडका खेल आज



२८ भदौ २०७६, काठमाडौं

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुँदै छन्।

पाचौं चरणको खेल सुरु हुँदा आज नेपाली समयानुसार पहिलो खेलमा अपरान्ह सवा ५ बजे लिभरपुल र न्यूक्यासल यूनाइटेड आमने सामने हुँदैछन्।

लिभरपुल जारी लिगमा अपराजित रहँदै १२ अंकका साथ शीर्ष स्थानमा छ। न्यु क्यासल ४ अंकसहित १४ औं स्थानमा छ।

यस्तै नेपाली समयानुसार राति पौने ८ बजे ५ वटा खेल सुरु हुने छन्। जसमा १२ औं स्थानको बर्नले तथा १६औं स्थानको ब्राइटन भिड्ने छन्। यस्तै तेस्रो स्थानको लेस्टर सिटी र आठौं स्थानको म्यानचेस्टर युनाइटेड आमने सामने हुने छन्।

यसैगरी १० औं स्थानको सेफिल्ड युनाइटेड र १३ औं स्थानको साउथ ह्याम्पटन पनि पौने ८ बजे मैदान उत्रिने छन्। चौंथो स्थानको क्रिष्टल प्यालेस र नवौं स्थानको टोटनह्याम भिड्दा १० औं स्थानको चेल्सी र १७ औं स्थानको उल्भरह्याम्पटन पनि भिड्ने छन्।

नेपाली समयानुसार राति सवा १० बजे दोस्रो स्थानको म्यानचेष्टर सिटी र १९ औं स्थानका नर्विच सिटीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्