‘अबको ५० बर्षसम्म पनि कम्युनिष्टले नै शासन गर्छ’



२८ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा झनै बढेको बताउँदै अबको ५० वर्षसम्म पनि कम्युनिष्ट सरकारले शासन गर्ने बताएका छन्।

शनिबार झापाको बिर्तामोड पुगेका प्रचण्डले गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए।

‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन्।’ उनले भने।

यस्तै उनले जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको बताए।

प्रतिक्रिया दिनुहोस्