४ खेलपछि टोलीमा अटाए ‘नेमार’



२८ भदौ २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी तथा ब्राजिलियन स्टार नेमारले सिजनको पहिलो खेल खेल्ने भएका छन्।

पिएसजीका नेमारले चार खेलपछि पहिलोपटक टोलीमा अटाएका हुन्। यसअघि नेमार बार्सिलोना जाने हल्ला चलेपछि उनलाई पिएसजीले टोलीमा समावेश गराएको थिएन।

नेमार पिएसजीमै रहने भएपछि उनलाई टोलीमा समावेश गरिएको हो। शनिबार राति नेपाली समयअनुसार सवा ९ बजे पिएसजी र स्ट्रासवर्गबीच प्रतिस्पर्धा हुँदैछ। टोलीमा अटेपछि नेमारले स्ट्रासवर्गविरुद्ध खेल्नेछन्।

नयाँ सिजनमा पिएसजीले लिग वानमा ४ खेल खेलिसकेको छ।

प्रतिक्रिया दिनुहोस्