बूनपा १० र १२ मा डेंगु नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न



२८ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकामा युवा एकीकरण क्लबको आयोजना तथा बूनपा वडा नं. १० र १२ को समन्वयमा डेंगु नियन्त्रण सम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न गरिएको छ ।

महामारीको रुपमा फैलिएको डेंगुबारे सचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त र्यालीमा विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरु र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

र्यालीमा स्थानीय जनप्रतिनिधिहरुले डेंगु रोगको जानकारी, लक्षण, उपचार विधि र रोगबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।

  

प्रतिक्रिया दिनुहोस्