राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक कार्यालय उद्घाटन तथा सपथग्रहण कार्यक्रम सम्पन्न (फोटो फिचर)



२८ भदौ २०७६, काठमाडौं

साविक माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडा (कोटेश्वर) मा आयोजित एक समारोहमा नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक कार्यालय उद्घाटन गरिएको छ । लगत्तै संगठनका इञ्चार्ज महेश बस्नेतले संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेललाई सपथग्रहण गराई नेतृत्वको जिम्मेवारी समेत दिएका छन् ।

पदभार ग्रहणसँगै साविक एमाले र माओवादी केन्द्रको एकतापछि पार्टीका मुख्य एक भगिनी संगठन–वाईसीएल र युवा संघको एकता प्रक्रिया पूरा भएको छ ।

७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछन् भने सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ रहने छन् ।

संगठनको केन्द्रीय समितिमा एकतिहाई बराबर १११ सदस्यीय सचिवालय बनाइनेसमेत जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्