जान्नुहोस्ः बच्चा हुर्काेउने सजिलो उपाय



२७ भदौ २०७६, काठमाडौं

अहिलेका दम्पत्तिलाई बच्चा जन्माउन र हेरचाह गर्न निकै गाह्रो हुन्छ।

व्यस्त जीवनशैलीसँगै आमा–बुवा दुवै आ–आफ्नो कार्यमा हुनु र एकल परिवार भएको कारणले बच्चालाई हुर्काउन निकै कठिन हुने गरेको देखिन्छ।

संयुक्त परिवारमा हो भने बच्चा कुन समयमा ठूलो भयो पत्तै हुँदैन।

त्यसैले आज हामी एकल परिवारमा सहज तरिकाले कसरी बच्चा हुर्काेउने भन्ने बिषयमा केही टिप्सहरु दिदैछौं।

यो टिप्स तपाईहरुको लागिः

बेबी केयर प्रोडक्टः

बच्चालाई एक्लै हुर्काउनु भनेको एउटा साहसी र चुनौतीपूर्ण कार्य हो।

त्यो समयमा बच्चा हुर्काउन एकदमै कठिन हुन्छ कि जुन समयमा तपाईँ एकल परिवारमा हुनुहुन्छ।

त्यसमा पनि तपाईँको पहिलो सन्तान। त्यो अवस्थामा आफ्नो बच्चालाई कसरी हुर्काेउने भन्ने बिषयमा आमा–बुवालाई थाहै हुँदैन।

अभिभावकका जुन समस्याहरुलाई समाधान गर्नका लागि बजारमा धेरै कम्पनीहरुले एडभान्स बेबी केयर प्रोडक्ट ल्याएका छन्।

जसले अभिभावकहरुलाई बच्चा हुर्काउन सजिलो बनाईदिन्छ।

टोडलर बुस्टर:

बच्चालाई सुरक्षित राख्ने एक उत्तम उपाय टोडलर बुस्टर सीट पनि हो। जसले तपाईँको बच्चालाई सुरक्षित रहन सहयोग गर्छ।

ड्राइभिङ्ग गर्दा बच्चालाई सुरक्षित राख्न अत्ति नै आवश्यक छ। तीन वर्षभन्दा कम उमेरका बच्चाहरुलाई कारको सीटमा बसाउनुभन्दा बुस्टर सीटमा बसाउनु राम्रो हो।

तपाईँ आफ्नो सपिङ गर्दा होस् वा कतै घुम्न निस्कदाँ। बुस्टर सीट भयो भने बच्चाको यात्रा सुविधाजनक हुन्छ।

ब्रेस्ट पम्पः

यदि आमालाई कामले बाहिर निस्कनु पर्ने भएमा र उनले चाहेर पनि स्तनपान गराउन सकिनन् भने ब्रेस्ट पम्पिङ आमाहरुको लागि वरदान हो।

ब्रेस्ट पम्पिङको माध्यमबाट जति चाहे त्यति दूध स्टोर गर्न सकिन्छ। आमा बाहिर निस्केपछि पनि बच्चाले सजिलै दूध पिउन सक्छ।

ब्रेस्ट पम्पले आमाको जीवन सजिलो बनाउनका साथै बच्चाको लालन–पालनमा पनि सहयोग पुर्याउँछ।

प्राइम कम स्ट्रोलर:

यात्रा गर्दा बच्चालाई प्राइम कम स्ट्रोलर राखेर हिँड्न निकै सजिलो हुने साधन हो।

यदि तपाईँ सपिङमा व्यस्त हुुनुुहुन्छ भने तपाई आफ्नो बच्चालाई स्ट्रोलरमा राखेर आफ्नो जरुरी काम गर्न सक्नु हुन्छ।

यदि तपाईं बाहिर घुम्न जाँदै हुनुहुन्छ भने प्राइम कम स्ट्रोलर तपाईंको लागि अत्ति सुविधाजनक हुन्छ।

फोल्डेबल बाथटब:

बच्चा जन्माईसकेपछि अनुभव र जानकारीको अभावका कारण आमा–बुबा उसलाई नुहाइदिन डराउँछन्।

तर फोल्डेबल बाथटबले बच्चा नुहाइदिने प्रकृयालाई सजिलो बनाइदिन्छ, किनभने यो बच्चा नुहाउन सजिलो होस् भन्ने ध्यान दिएर बनाइएको हुन्छ।

फोल्डेबल बाथटब सुविधाजनक हुन्छ र विशेष गरेर त्यो समयमा जुन समयमा तपाईँ यात्रा गरिरहनु भएको हुन्छ।

त्यो फोल्ड हुने भएकाले बोक्न र सानो ठाउँमा पनि राख्न सकिन्छ। जुन सानो बच्चादेखि एक अर्थात दुई वर्षका बच्चाहरुको लागि यो उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्