भुलेर पनि नगर्नुहोस् यी कुरा



२७ भदौ २०७६, काठमाडौं

मानिस तनावमुक्त भने कहिल्यै पनि हुन सक्दैन।

तर जुन तनाव उत्पन्न गराउने केही कुराहरुबाट सजग रहन सक्यौं भने उक्त तनावबाट पनि बच्न सकिन्छ।

त्यसैले, स्मरणशक्ति घटाउने केही तत्वहरु जान्नुहोस्।

कम पानी पिउनालेः

मानिसको शरिरमा करिव ७० प्रतिशत पानीको मात्रा हुन्छ।

अध्ययनका अनुसार मष्तिस्कमा ८० प्रतिशत पानीको मात्रा हुन्छ।

विशेषगरि मानिस आफु स्वस्थ हुनु र अनेक तनावबाट सजग रहनका लागि दिनमा ३ लिटर पानी पिउन स्वास्थ्यको लागि लाभदायिक मानिन्छ।

नकरात्मक सोचाईः

मानिस तनावबाट टाढा रहनका लागि नकरात्मक सोचाई भने कहिल्यै राख्नुहुँदैन।

जुन नकरात्मक सोचले मानिसको तनावको हर्माेन पैदा हुन्छ।

जुन हर्माेनले सिधा दिमागलाई असर पार्नका साथै स्मरणशक्ति कमजोर बनाउने विज्ञहरुको भनाई छ।

धुम्रपानको सेवनः

सुर्तीमा निकोटिन लगायतका अन्य तत्वहरु पाईन्छ।

यसको सेवनले रक्तसञ्चारमा बाधा पुर्याेउछ। जसले गर्दाे दिमागमा चाहिने मात्रामा रक्तसञ्चार हुन पाउँदैन।

जसले स्मरणशक्ति समेत प्रभावित पार्दछ।

राम्रोसँग नसुत्नुः

मानिस कम्तीमा पनि ७ देखि ८ सुत्नैपर्छ।

शरिरको रिपेयर मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ।

यदि मानिसको निन्द्रा नुुपपुगेको खण्डमा शरिरका केही रसायणहरु सिर्जना हुन्छ।

जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने जस्ता समस्या आउनका साथै स्मरणशक्तिमा समेत असर पार्ने चिकित्सकहरुको भनाई छ।

कम व्यायामः

नियमित व्यायाम गर्नाले शरिर तथा मस्तिष्कमा रक्तसञ्चार राम्रो गराउँछ।

व्यायाम नगर्नाले मानसिक तनाव बढी मात्रामा हुन्छ।

जसले गर्दा स्मरणशक्तिलाई कमजोर बनाउँछ।

बढी भिडियो गेम खेल्नालेः

पछिल्लो समय युवा–युवतीहरुमा भिडियो गेम खेल्ने प्रचलन निकै बढेको देखिन्छ।

हरेक समय भिडियो गेम खेल्नाले त्यसकै लत लाग्ना थाल्छ।

जसले दिमागको चौतर्फी बिकासमा बाधा पुर्याेउन जान्छ।

प्रतिक्रिया दिनुहोस्