काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न



२६ भदौ २०७६, काठमाडौं

संविधान दिवस २०७६ को अवसरमा काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल सरका वातावरण विभागको संयुक्त सहकार्यमा त्रिपुरेश्वरदेखि नागस्थान चोकसम्म वन तथा पर्यावरणमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा बृक्षारोपण सम्पन्न भएको छ ।

हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ महानगरप्रमुख विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीको नेतृत्वमा गरिएको बृक्षारोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरि करिब १५३ वटा विरुवाहरु वृक्षारोपण गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक, काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष, लगायत नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्