स्तनपान: आमा र बच्चा दुवैलाई फाईदै–फाईदा



२६ भदौ २०७६, काठमाडौं

‘आमा’ बन्नु संसारकै सबैभन्दा उत्कृष्ट अनुभुती हो। पहिलो पटक आमा बन्नेहरुका लागि त झन् यो अनुभुती कयौं गुणा बढि हुन्छ।

किनभने पहिलो पटक आमा बन्नेहरुले विभिन्न प्रकारका समस्या झेल्नुपर्ने हुन्छ। जस्तैः शिशुको हेरबिचार, स्तनपान, सरसफाई, स्वास्थ्यलगायतका विभिन्न कुराहरु आमाको जीवनमा पहिलो पटक आउने गर्दछ।

स्तनपान (Breast Feeding) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाट निस्कने प्राकृतिक दूध चुसाउने क्रियालाई वुझिन्छ।

स्तनपान आमा र बच्चा दुबैका लागि विभिन्न कारणसहित लाभदायक हुन्छ।

स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कार्य गर्दछ।

–आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन्, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ। 

–हर्माेनको गडबढीलाई सन्तुलन हुन्छ।

आमाले शिशुलाई दूध चुसाउँनाले पाठेघरको समस्या हुने संभावना कम हुन चिकित्सकहरुको भनाई छ।

–आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरिरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछ।

–नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन। उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन्।

–बाहिरी वातावरणबाट आमाको शरिरमा पुगेका रोगका जीवाणु, शरिरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरिरले प्रतिरोधात्मक तत्वहरु बनाउँछ।

जुन तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ। यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहने चिकित्सकहरुको भनाई छ।

–६–८ महिनासम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्