अनुहारको सौन्दर्य बढाउनका लागि सुत्नुअघि गर्नुहोस् यी उपाय



२६ भदौ २०७६, काठमाडौं

अनुहार मानिसको परिचय र पहिचानको प्रमूख भाग हो। अपवादबाहेक अनुहार बस्त्रले नढाकिने भाग पनि हो।

त्यसैले, हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। संसारको कुनै क्षेत्रमा गोरो बनाएर सुन्दरता खोजिन्छ त कतिपय भागका मानिस आफू कालो बन्न पाए हुन्थ्यो भने चाहना राख्छन्।

नेपालमा अनुहार गोरो तथा सफा राख्ने र चाउरीपन हुन नदिएर आफ्नो सुन्दरतामा निख्खर ल्याउने प्रयास गर्ने गरेका छन्।

आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन पनि सुन्दरतामा ध्यान दिने गरिन्छ। शारीरिक बनावट तथा तौललगायतका पक्षमा सुन्दरताका लागि ध्यान दिन आवश्यक भए पनि अनुहारको सुन्दरता मानिसका लागि प्रमुख रहेको छ।

त्यसैले सधैँ सुन्दर रहन चहानुहुन्छ भने सुत्न अघि गर्नुहोस् यी कार्यहरुः

–अनुहारमा टोनिङ गर्नुको फाइदा भनेको छाला कसिलो बनाउनु हो। जसले गर्दा छालालाई चाउरी तथा खुकुलो हुन बाट बचाउँछ।

–दिनमा मेकअप गरेर बस्नुभएको छ भने राती सुत्नुअघि कुनै पनि मेकअप पखाल्नैपर्छ।

–दिनभरी धुवाँ–धुलो,फोहोर–मैलो सफा गरेर मात्र सुत्नु अनुहारको लागि फाईदाजनक मानिन्छ। जसका लागि हरेक दिन फेसवासले मुख धुन नर्बिसनुहोस्।

त्यस्तै, अनुहारको सफाईको लागि स्क्रबको त्यत्तिकै महत्व हुन्छ। तर दिन–दिनै स्क्रब गर्नु राम्रो हुँदैन। हप्तामा दुई पटक सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ।

–फेसप्याक लगाउनु पनि आवश्यक हुन्छ। नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ। अन्यथा,आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा राम्रो हुन्छ।

–सुन्दरतालाई कायम राख्न पोषणको त्यत्तिकै आवश्यक पर्दछ। त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ।

–सुत्नुअघि समय अनुहारमा मोस्चराइजर लगाउनु कहिल्यै बिर्सेनुहुँदैन। उसले छाला फुस्रो तथा सुक्खा हुन दिँदैन।

प्रतिक्रिया दिनुहोस्