विश्व सम्पदा संरक्षणमा महानगर प्रमुख विद्यासुन्दरको सक्रियता



२६ भदौ २०७६, काठमाडौं

काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र अन्तर्गतको जयबागेश्वरी मन्दिर जिर्णोद्वारको क्रममा अर्को गजुर सहितको मन्दिर भेटिएको जानकारी पछि उक्त मन्दिरको स्थलगत भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा महानगर प्रमुख शाक्यले पुरातात्विक सम्पदा जिर्णाेद्धारमा पशुपति क्षेत्र विकास कोषले लापरवाही गरेको भन्दै बिहान काम शुरु गर्ने बेला र समाप्त गर्ने बेला मुचुल्का उठाउने, हरेक सामान निकाल्दा मुचुल्का उठाउनुपर्ने,  उत्खनन गरिएका पुरातात्विक बस्तुहरुको सुरक्षा गर्नुपर्ने, पुननिर्माणमा पुरानै शैलीबाट मन्दिर निर्माण गर्नुपर्ने भन्दै पशुपति क्षेत्र विकास कोष, परातत्व विभाग, सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन दिएका छन् ।

यस सम्बन्धमा परिवर्तन खबरले १९ भदौ २०७६ मा ‘जयबागेश्वरी जिर्णाेद्वारको क्रममा पुरातात्विक मन्दिर भेटियो’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेका थियो । उक्त समाचारमा पशुपति क्षेत्र विकास कोषले जिर्णाेद्वारको क्रममा लापरवाही गरेको उल्लेख गरिएको थियो ।

स्थलगत निरीक्षणमा महानगरप्रमुख शाक्य सहित कामपा वडा नं. ७ का वडा अध्यक्ष शुद्ध डंगोल, वडा नं. ८ का अध्यक्ष दिनेश डंगोल, वडा नं. ९ का अध्यक्ष राम कृष्ण श्रेष्ठ लगायत स्थानीय सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् :

जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो

पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे

पशुपति क्षेत्र विकास कोषको असहमतिले ३ शताब्दी पुरानो शाक्यहरुले नाच्ने नागिंचा प्याखं (महादेव–पार्वती नाच) रोकियो

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

प्रतिक्रिया दिनुहोस्