बूनपा ८ मा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर संचालन हुँदै



२५ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ ले भदौ २८ गते शनिबारका दिन गोल्फुटार बास्केटबल ग्राउण्डमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर आयोजना गर्ने भएको छ ।

बूढानीलकण्ठ स्वास्थ्य सेवा फाउण्डेशनको सहयोगमा बूनपा ८ ले उक्त स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।

बूनपा ८ का वडाध्यक्ष सुमन तामाङले सम्पूर्ण वडावासीहरुलाई निःशुल्क आयोजना हुने स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्