भदौ २७ गते त्रि–ज्योति चाडपर्व प्रदर्शनी–२०७६ हुँदै



२५ भदौ २०७६, काठमाडौं

विद्यालय क्षेत्रबाट नै संस्कृति प्रतिको चासो, गरिमा, आवश्यकता र महत्व बुझाउन सकौं र भोलिको समाजले मौलिक संस्कृतिको माध्यमबाट आदर्श जीवन बिताउन सकुन भन्ने आशयका साथ त्रि–ज्योति माविले आफ्ना बालबालिकाको सहभागितामा “त्रि–ज्योति चाडपर्व प्रदर्शनी–२०७६” यही भदौ २७ गते शुक्रबारका दिन स्कूलको प्राङ्गणमा आयोजना गर्ने भएको छ ।

त्रि–ज्योति माविले पुस्तकको ज्ञानका साथमा व्यावहारिक, नैतिक, परोपकारी, संस्कृतिप्रेमी, देशप्रेमी र परिश्रमी नागरिक निर्माणका लागि सक्रिय विद्यालय भएकोले यस्तो खालको प्रदर्शनीका माध्यमबाट देश, समाज र नागरिकप्रतिको कर्तव्य पूरा हुन सक्नेछ भन्ने विश्वास राखिएको विद्यालयका सहायक प्राचार्य गणेश मिश्रले बताए ।

विहान १० बजेदेखि शुरु हुने प्रदर्शनीको अवलोकन निःशुल्क रहेको तथा प्रदर्शनीमा सम्पूर्ण कपनवासी दिदीबहिनी एवम् दाजुभाइहरुलाई सहायक प्रचार्य मिश्रले हार्दिक आमन्त्रण समेत गरेका छन् ।

भदौ २७ गते त्रि–ज्योति किन जाने ?
१. नेपाली मौलिक संस्कृति र चाडपर्व प्रदर्शनी नियाल्न
२. विविध मनोरञ्जनपूर्ण खेलहरु खेल्न
३. आइसक्रिमको उपयोग गर्न
४. FACE PAINTING मा सहभागी हुन
५. घोडा चढ्न
६. बालसाहित्यका पुस्तकहरु पढ्न र खरिद गर्न
७. नृत्य/संगितका माध्यमबाट पूर्ण मनोरञ्जन लिन
८. बैंकिङ्ग क्षेत्रको विशेष ज्ञान हासिल गर्न
९. विविध घरायसी भाँडाहरुको प्रदर्शनी कक्षको अवलोकन गर्न
१०. मौलिक नेपाली भान्छाघरको अवलोकन गर्न
११. त्रि – ज्योतिलाई यथार्थ रुपमा नियाल्न
१२. नेपालीपनको वास्तविकता बुझ्न

प्रतिक्रिया दिनुहोस्