
२५ भदौ २०७६, काठमाडौँ
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा करिब १० दिन हिरासतमा बसेका रवि लामिछाने धरौटीमा छुटेका थिए । तर अहिले फेरि रविमाथि समस्या आउने देखिएको छ ।
सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गराएको छ।
सोमबार पाटन उच्च अदालत, हेटौँडा इजलासमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले बताए। मुद्दा बिहीबार पेसीमा चढ्ने भएको छ।





