प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालियो



५ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर (नली) निकालिएको छ।

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको नली बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो। सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर १५ मिनेटमा निकालिएको थियो।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री सामान्य फलोअपका लागि सेन्टर पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्