स्थानीय कार्यकर्ताको गुनासो सुन्दै कामपा १ मा डा. राजन भट्टराई



२४ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं. १ का जनप्रतिनिधि र कार्यकर्तासँग छलफल गर्दै सरकारबाट भएका राम्रा कामहरुको आवस्यक प्रचार नभएको बताएका छन् ।

कार्यकर्ताको जिज्ञासाको जवाफ दिदैँ डा. भट्टराईले भने, “निर्मल कुईकेल, मेयर  विद्यासुन्दर शाक्य र म आफै बसेर बजेट विनियोजन गरिएको कमल पोखरीको निर्माण तथा जिर्णोद्वारमा हुने कामको गुणस्तरमा ध्यान दिन स्थानीय जनप्रतिनिधी तथा पार्टी कार्यकर्तालाई अनुरोध गरे ।

पार्टी एकता नसकिएको कारण नियमित भेटघाटको क्रम कम भएपनि स्थानीय साथीहरुले बोलाएका कार्यक्रम र विकास निर्माणमा जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताए । युवा लक्षित कार्यक्रम, खेलकुद विकास र स्थानीय रोजगारी बढाउन वडाले ल्याएको प्रस्ताबमा आफूले सहयोग गर्ने बताए ।”

नेकपा प्रदेश ३ सदस्य निर्मल कुईकेलले बजेट बनाउनु पूर्व अगुवा साथीहरुसँग छलफल गरेर अगाडी बढ्न वडाध्यक्षलाई अनुरोध गरे । पार्टी नेतृत्व र कार्यकर्ता बीचको अन्तरक्रिया र छलफल कार्यक्रम निरन्तर राख्नुपर्नेमा समेत कुईकेलले जोड दिए ।

नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य तेज ढकालले पार्टी एकताको काम नसकिएको कारण कार्यकर्ताका गुनासा बढी र समाधान कम भएको बताए । कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले विकास निर्माणको काममा जनताको माग अनुसार अगाडी बढेको बताउँदै साथीहरुबाट आएका गुनासाहरु आगामी दिनमा समेट्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा कामपा १ का स्थानीय नेता शौरभ दवाडीले आफ्नो वडामा रोजगारीको अवसर धेरै भएपनि स्थानीय युवाहरु बेरोजगार भएको बताए । नक्साल बक्सिङ क्लबका अध्यक्ष नविन तन्डुकारले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले आवश्यक ध्यान नदिएकोले डा. भट्टराई मार्फत आवश्यक पहल गरिदिन अनुरोध गरे ।

नेकपाका स्थानीय नेता विक्रमदास मानन्धरले आफ्नो पार्टीबाट निर्वाचित हुन नसकेका साथीहरु जनतामाझ आएर भेटघाट गर्नु पर्नेमा त्यसो नभएको गुनासो गरे । नेकपाका अर्का स्थानीय नेता राजेन्द्र डंगोलले स्थानीय सरकारमा जितेका साथीहरुले गरेको कामको आवश्यक प्रचार नगरेको बताए ।

कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले सामान्य काम मात्र गरेको बताउँदै युवा लक्षित कार्यक्रम, खेलकुद विकास र स्थानीय रोजगारीमा सहयोग गर्न डा. भट्टराईलाई अनुरोध गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्