प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो



२४ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सबाट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै ती पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएको भन्दै यो खुसीको विषय भएको बताए। मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको पनि उल्लेख गरे।

पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै मोदीले यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा पुगेको पनि उल्लेख गरे।

दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत स्वीच दबाएर बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियन पाइपलाइन परियोजनाको उद्घाटन गरेसँगै बाराको अमलेखगन्जमा तेल झरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रमुखले बोतलमा तेल थापी नेपाल आयल निगम प्रमुखलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्