चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए



२४ भदौ २०७६, काठमाडौं

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

विदेशमन्त्री वाङ नेपालको ३ दिने भ्रमण सकेर मंगलबार अपरान्ह विशेष विमानबाट स्वदेश फर्किएका छन्।

विदेशमन्त्री यीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ यीले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग् बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया दिनुहोस्