लोकतान्त्रिक ढङ्गबाट नचल्दा समस्या : काङ्ग्रेसका केन्द्रीय सदस्य केसी



२४ भदौ २०७६, काठमाडौं

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाउनुभएको छ ।

प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र विरोधीले खेल्ने मौका पाउन थालेको बताउनुभयो ।

नेता केसीले नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी चौधौं महाधिवेशनपछि अन्त्य हुने दावी गर्दै गाउँका किसानको सेवा गरेर गरीब मजदूरको स्तर उठाउने गरी काङ्ग्रेस लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्