कांग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता



२४ भदौ २०७६, काठमाडौं

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता लगत्तै विदेशमन्त्री यीले सभापति देउवासँग भेटवार्ता गरेका हुन्।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बिहान ९ बजे भएको भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो। ‘सभापति देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भयो’, सहयोगी भानु देउवाले भने, ‘‘द्विपक्षीय हितका विषयमा छलफल भयो।’

परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आइतबार साँझ नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्कदैँ छन्।

प्रतिक्रिया दिनुहोस्