प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता



२४ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयको समन्वयमा काठमाडौं नक्सालस्थित म्यारिओट होटलमा प्रचण्ड र वाङबीचको भेटवार्ता भएको हो।

भेटवार्तापछि पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले दुई देशबीचको सम्बन्ध, दुई देशका सरकार र पार्टीबीचको सम्बन्ध तथा जनस्तरको सम्बन्धका विषयमा छलफल भएको बताए।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा समेत छलफल भएको प्रचण्डले बताए। चिनियाँ विदेशमन्त्री वाङले नेपालको आर्थिक बिकासको प्रयासमा सहयोग गर्ने बताएका छन्।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरलाई होटलमा भेट्न जान अस्वीकार गरेका प्रचण्डले यसपटक पनि उनी बसेकै होटलमा जान अस्वीकार गरे।

त्यसैले परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीचको भेटवार्ता होटल मेरिटमा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्