रिलायन्स इन्टरनेशनल एकेडेमी कपन काठमाडौँ संस्थागत विद्यालयतर्फ देशभरीमै प्रथम



२३ भदौ २०७६, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मुलुकभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।

संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपन प्रथम भएको छ त्यस्तै नेपाल पुलिस स्कुल, साँगा, काभ्रेपलाञ्चोक दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल, काठमाडौँ तेस्रो भएका छन । उत्कृष्ट भएका विद्यालयले पनि क्रमश रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ कपनले रु. तीन लाख, नेपाल पुलिस स्कुल, काभ्रेले रु. दुई लाख र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँले  रु. एक लाख पुरस्कार प्राप्त गरेका छन ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय बालाजु तेस्रो हुन सफल भएको छ ।

आयोजित उक्त समारोहमा उत्कृष्ट यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल पुलिस स्कुल काभ्रे दोस्रो र सेन्ट जेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई क्रमश रु. तीन लाख, दुई लाख र एकलाख पुरस्कार प्रदान गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई रु. एक/एक लाख पुरस्कार प्राप्त गरेका छन ।

यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिक तर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद रु दुई लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्