जिद्दी बच्चालाई सुधार्ने तरिका



२३ भदौ २०७६, काठमाडौं

सन्तानका पहिलो गुरु भनेकै आमाबुवा हुन्।

हरेक अभिभावकको एउटै मात्रा इच्छा हुन्छ कि, आफ्ना सन्तान आज्ञाकारी होस् र हरेक कुरामा सफल बनुन्।

प्रत्येक आमाबुवा चहान्छन्ः आफ्नो बच्चाहरुमा राम्रो संस्कार होस्।

तर पछिल्लो समयका सन्तान सानै उमेरबाट आफ्नो अभिभावकका कुरा पालना गर्नु भन्दा उल्टै जिद्दी हुदै गएका पनि छन्।

आफ्नो छोराछोरीका कारण प्रायः आमा–बुवाहरुले आफन्त तथा छरछिमेकबाट अनेक किसिमका गाली खाने स्थितिसम्म हुने गर्दछ।

त्यसैले, आफ्नो बच्चा जिद्दी हुँदै गएको छ भने अर्थात स्वभाव परिवर्तन हुँदै गएको छ भने यी जान्नुहोस् यी उपायहरुः


बच्चाको इच्छा बुझ्नुहोस्ः

सबैभन्दा पहिला आफ्नो सन्तानको इत्छालाई बुझ्ने कोशिष गर्नुहोस्।

बच्चाको मन कौतुहलता र चञ्चलताले भरीएको हुन्छ। उनीहरुलाई झिलिमिलि खोल भएका सामाग्री मन पराउँछन्।

त्यसैले आफ्नो बच्चालाई के मन पर्छ भनेर सबैभन्दा पहिला बुझ्न एकदमै महत्वपूर्ण छ। उसले खेल्न मन गरेको समयमा आफुसमेत गएर खेल्नुहोस्।

यसरी खेल खेल्दा–खेल्दै ज्ञान सिकाउन समेत सकिन्छ। जसले गर्दा तपाईको बच्चाले तपाईको कुरा निकटबाट सुन्न थाल्छ र बिस्तारै उसको जिद्दीपना हट्दै जान्छ।

पिट्न छाड्नुहोस्ः

आफ्नो बच्चालाई पिट्न छोड्नुहोस्।

 

तपाईको बच्चाले आज्ञा पालना गरेन, चकचक गर्याे वा जिद्दी हुन थाल्यो भन्दै कहिल्यै नपिट्नुहोस्।

पिटेर बच्चा कहिल्यै सुध्रिदैनः बरु उल्टै यसले बच्चाको मानसिकतामा खराब असर पर्न जान्छ। बच्चाको मनमा जे गरेपनि पिटाई खाइन्छ भन्ने मानसिकता बस्छ र उ झन् जिद्दी हुन थाल्छ।

बच्चाको साथी बन्नुहोस्ः

बच्चाको मन कोमल हुन्छ। त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाइयो भने उसले हरेक कुरा सहज रुपमा बुझ्छ।

कुनै कुरा बुझाउने नाममा ठूलो स्वर गरेर धम्काएर उसलाई कन्ट्रोलमा राख्न कहिल्यै नखोज्नुहोस्।

जिज्ञासु स्वभावका बच्चा नियन्त्रण गर्न उसको साथी बन्न चै महत्वपूर्ण कुरा हो। बरु बच्चाको कुरा सुन्ने र आफ्नो कुरा समेत बच्चालाई सुन्न प्रेरित गर्नुहोस्।

फकाएर सम्झाउनुहोस्ः

तपाईको बच्चाले गलत गर्याे अर्थात भनेको मानेन भने त्यसको हानी बारे उसलाई फकाएर सम्झाउनुहोस्।

जिद्दी गर्ने बच्चा प्रति आँखा तर्नु, गाली गर्नु वा पिट्नु भन्दा सबैभन्दा उत्तम उपाय भनेको फकाएर सम्झाउनु हो। साथै बच्चालाई अरु कोहीसँग तुलना नगर्नुहोस् ।

उसकै अगाडिका राम्रा बानीलाई उदाहरण दिनुहोस्। यसो गर्नाले बच्चा तपाई निकट हुन्छ र उसको जिद्दीपना नियन्त्रण हुँदै जान्छ।

शारीरिक भाषाः

केही बच्चाहरु जति माया गरेर सम्झाए पनि कुरा नबुझ्ने बन्दै गएका हुन्छन्।

उनीहरुको जिद्दीपना यति हदसम्म बढ्छ कि सामान फ्याक्ने भुईमा सुत्ने समेत गर्दछन्। यस्तो अवस्थामा उनीहरुलाई सम्झाउने भन्दा केहि बेर एक्लै छाड्नु प्रभावकारी हुनसक्छ।

यसो गर्नाले आमाबुवाले गल्ती गरे सजाय पनि दिन सक्छन् भन्ने बच्चाको मानसिकतामा पर्न सक्छ।

उपहार दिने बानी गर्नुहोस्ः

बच्चाको जिद्दीपना कम गर्न उसलाई भनेको कुरा पालना गर्न लगाउने गर्नुपर्छ। यसका लागि बच्चाले अटेरी गरे असर नपर्ने साना सजाय दिन पनि सकिन्छ।

तर, यदि बच्चाले समयमा होमवर्क सके, आज्ञा पालन गरे बच्चालाई केही साना उपहार दिनुहोस्।

यसले बच्चाले आमाबुवको कुरा माने उपहार पाइने र अटेरी गरे सजाय पाइने ज्ञान पाउँछ।

रोलमोडल बन्नुहोस्ः

हरेक दिन बच्चाको लागि खेल्ने, घुम्ने तथा पढ्ने समय छुट्याउनुहोस्। आफ्नो बच्चालाई समय तालिकामा काम गर्न बानी गराउनुहोस्।

त्यसले बच्चालाई हरेक दिन केही न केही नयाँ कुरा सिक्न मद्धत गर्छ। यदि तपाई जत्ति नै ब्यस्त भएपनि हरेक सातामा एक दिन बच्चाका लागि समय निकाल्नुहोस्।

ताकि तपाईको बच्चाले एक्लोपन कहिल्यै महशुष नगरोस्। जसले तपाई र बच्चाको सम्बन्ध झन् सुमधुर बनाउँछ।

प्रतिक्रिया दिनुहोस्