चिनियाँ विदेशमन्त्री यीविरुद्ध प्रदर्शनः १० महिला पक्राउ



२३ भदौ २०७६, काठमाडौं

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्ने १० जना महिला पक्राउ परेका छन्।

सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाली चेलीबेटी चीनमा बेचबिखन भइरहेको भन्दै महिलाहरुको एक समूहले ‘चेलिबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका प्लेकार्डसहित विरोध–प्रदर्शन गरेका थिए।

सिन्धुपाल्चोककी २२ वर्षीय सीता ज्योती, नवलपरासी घर भई काठमाडौंको जडिबुटी बस्ने ३० वर्षीय उर्मीला पन्थी, ललितपुर लगनखेल बस्ने ३३ वर्षीय शोभा डंगोल, सलार्ही घर भई हाल जडिबुटी बस्ने २५ वर्षीय पुनम ठकुरी, तेह्रथुम घर भई हाल कोटेश्वर बस्ने ३२ वर्षीय मीना श्रेष्ठ, सुनसरीकी किर्तिपुर बस्ने ४० वर्षीय निर्मला ठकुरी र ४५ वर्षीय उमा बुढाथोकी पक्राउ परेका हुन्।

त्यसैगरी काभ्रेपलाञ्चोक घर भई भक्तपुर बस्दै आएकी गीता भण्डारी र धापाखेल ललितपुरकी ४४ वर्षीय तेजकुमारी थापा पनि पक्राउ परेका छन्।

पक्राउ परेका उनीहरुलाई प्रहरी वृत कमलपोखरीमा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्