बम हमलामा २९ जना मारिए



२३ भदौ २०७६, काठमाडौं

बुर्किना फासोमा दुई अलग बम हमलामा परी कम्तीमा २९ जनाको ज्यान गएको छ।

बुर्किना फासोको उत्तरी क्षेत्रस्थित खाद्यान्न र यात्रु बोकेर गुडिरहेका दुई फरक ट्रकमाथि हमला भएको त्यहाँको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्जिनोका अनुसार मृत्यु हुने अधिकांश व्यापारीहरु थिए। संसारकै गरिबमध्ये पर्ने मुलुक बुर्किना फासोमा सन् २०१५ देखि हतियारधारी समूहले विद्रोह गर्दैआएका छन्।

यही महिनाको सुरुमा उत्तरी क्षेत्रस्थित सैनिक क्याम्पमा हमला गर्दा २४ जना मारिएका थिए। त्यहाँ सक्रिय विद्रोही समूह छिमेकी मालीबाट सुरु भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्