‘सिंह सिंह नै हो, स्याल स्याल नै हो’



२३ भदौ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिलेकाहीँ स्यालले सिंहका अघि आएर हल्ला गर्ने गरेको बताएका छन्।

तर, कहिलेकाहीँ हल्ला गर्दैमा सिंह र स्यालबीच तुलना नहुने उनको भनाइ थियो। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा अयोजित २१ औं सुरेश वाग्ले स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले गणतन्त्रलाई बलियो बनाउँदै जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए। ‘कहिलेकाहीँ सिंहका अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन,’ प्रचण्डले भने, ‘सिंह सिंह नै हो, स्याल स्याल नै हो।’

प्रचण्डले अहिले प्रतिक्रान्तिको गन्ध आइरहेको भन्दै परिवर्तनकारी शक्ति र तिनको नेतृत्वलाई बदमान गर्न अनर्गल प्रचार भइरहको बताए।

प्रतिक्रिया दिनुहोस्