बूढानीलकण्ठमा रक्तदान कार्यक्रम सम्पन्न



२२ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एचटिभि खबर, महानगरिय प्रहरी प्रभाग कपन र लायन्स क्लब अफ काठमाडौं टी कपनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टृक ३२५ वि कोषाध्यक्ष भिमलाल पौडेल, विशेष अतिथिको रुपमा महानगरिय प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंह, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई, महानगरिय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसी लगायत अन्य समाजसेवी तथा स्थानीयको उपस्थिती रहेको थियो ।

टि कपनका अध्यक्ष ठाकुर प्रसाद खकुरेलको अध्यक्षतामा भएको कार्यक्रम संचालन संयोजक सविन पन्तले गरेका थिए ।

रक्तदान कार्यक्रममा ७१ प्रीन्ट रगत संकलन भएको जानकारी लायन्स क्लब टि कपनका निवर्तमान अध्यक्ष संगीता पन्तले दिईन् ।

प्रतिक्रिया दिनुहोस्