बूढानीलकण्ठमा ‘१९ औं इन्द्र स्मृति रक्तदान कार्यक्रम’ हुँदै



२२ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकामा स्वर्गीय इन्द्र बहादुर तामाङको सम्झनामा ‘रक्तदान जीवनदान’ भन्ने मूल नारा सहित १९ औं इन्द्र स्मृति रक्तदान कार्यक्रम हुने भएको छ ।

महाँकाल युवा क्लबको आयोजनामा हुन गईरहेको रक्तदान कार्यक्रम यहि भदौ २८ गते शनिबारका दिन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म बास्केटबल कोर्ट, गोल्फुटारमा संचालन हुनेछ ।

रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्