बूढानीलकण्ठमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न



२२ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण बिरुद्धको १३ औं राष्ट्रिय दिवस अन्तरक्रिया कार्यक्रम नगरपालिकाको महिला, बालबालिका एवं जेष्ठ नागरिक शाखाको संयोजनमा एकल महिला छहारी भवनमा सम्पन्न भएको छ ।

जनप्रतिनिधि, नागरिक संघसंस्था तथा नेपाल प्रहरीको समेत सहभागीता रहेको कार्यक्रमको सभाध्यक्ष बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेल र उपप्रमुख रमादेवी राईले गरेका थिए भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण बिरुद्धका अभियान्ता चरिमाया तामाङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकार महिला बालबालिका एवं जेष्ठ नागरिक मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले मानव बेचबिखनको अवस्था कानुनी प्रावधान नेपाल सरकारले उपलब्ध गराउने सेवासुबिधा हरुका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् भने बूढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख भुपेन्द्र गिरीले बेच बिखनका नयाँ गन्तव्य स्वरुप र कानुनी सजायका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

विशेष अतिथि चरिमाया तामाङले आफ्नो जीवनको भोगाई, अनुभव र शक्ति समूहको स्थापनादेखि हालसम्मको अवस्थाबारे शेयरिङ गरेकी थिईन् ।

कार्यक्रमको संचालन महिला शाखाका प्रमुख पुष्पा बमले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्