‘सोलुखुम्बुमा किराँत संग्रहालय बनाएरै छोड्छौं’(भिडियो सहित)



२२ भदौ २०७६, काठमाडौं

सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सांसद हेम कुमार राई (सुरवीर)ले सोलुखुम्बुमा किराँत संग्रहालय बन्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित जिमी (राई) उत्थान समाज सोलुको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले सोलुखुम्बुमा प्राकृतिक मात्र नभएर कृतिम सम्पदाहरुको समेत खाँचो रहेको उल्लेख गर्दै सोलुखुम्बुमा किराँत संग्रहालय बन्ने बताएका हुन्।

सांसद राईले सोलुखुम्बुजस्तो पर्यटकीय क्षेत्रमा वर्पतीय पर्यटकमात्रै भित्रिने कुरालाई स्मरण गराउँदै अब धार्मिक पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए।

यस्तै उनले  त्यसका लागि सोलुखुम्बुमा विभिन्न मठ–मन्दिर, गुम्बा, देवालय तथा विभिन्न महत्व बोकेका संग्रहालयहरु निर्माण हुनुपर्नेमा जोड दिए।

सोलुखुम्बुमा ३४ प्रतिशत राईहरुको वाहुल्यता रहेको दाबी गर्दै उनले उनीहरुको प्रतिनिधित्वकै लागि भएपनि किराँत संग्रहालय बन्नैपर्ने बताए।

‘सोलुखुम्बुजस्तो पर्यटकीय क्षेत्रमा हामीले यी/यस्ता कुराहरुलाई नै विशेष प्राथमिकतामा राख्नुपर्छ। यो काम हामीले पूरा गरेरै छोड्छौं।’उनले भने।

यस्तै फरक प्रसंगमा उनले प्रदेश नं १ को नाम किराँत नै हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। नाममा किराँत नभए आफूहरुले आन्दोलन जारी राख्ने उनको तर्क थियो।

भिडियो हेर्नुहोस्ः

https://www.facebook.com/pariwartankhabar/videos/409463226345252/?v=409463226345252

प्रतिक्रिया दिनुहोस्