प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक



२२ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्।

बैठक आइतबार दिउँसो १२ बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याले जानकारी दिए।

सिंगापुरबाट उपचार गरी फर्किएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

स्वास्थ्य उपचार गर्न प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रीपरिषद्को बैठक बस्न सकेको थिएन।

तर प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्समार्फत सिंगापुरबाटै २ पटक मन्त्रिपरिषद्का सदस्यसँग छलफल गरी जानकारी थिए।

प्रतिक्रिया दिनुहोस्