‘जीवन उपयोगी शिक्षाको आवश्यकता छ’



२२ भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन्।

चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवन उपयोगी शिक्षा र नवप्रवर्द्धनात्मक सोचको विकास गर्नु पर्नेछ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भने।

साथै उनले सन्देशमा विश्वमा ज्ञानको प्रसार नहुँदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्