सरस्वतीनगर सुधार संघको १२ औं साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन



२१ भदौ २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगरस्थित सरस्वतीनगर सुधार संघको १२ औं साधारण सभा एवं सामुदायिक भवनको उद्घाटन शनिबार सम्पन्न भएको छ ।

काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले भवनको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि राईले, ‘आफ्नो क्षेत्रभित्रका सामुदायिक संरचनाहरुको बिकास एवं सो क्षेत्रमा रहेका सडक, ढल, खानेपानी लगायतका विकास कार्यमा आफ्नो तर्फबाट उल्लेख सहयोग रहने बताए ।’

कार्यक्रममा सरस्वती नगर सुधार संघका पूर्व संस्थापक डा. तारानाथ शर्मा, काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख इन्जिनियर गम्भीर लाल श्रेष्ठ, कामनपा कार्यपालिका सदस्य पासाङ ह्याल्मो शेर्पा, लक्ष्मी श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई र १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, कामपा ६ नं. वडा कार्यालयका वडा सदस्य भगवान थापा, बौद्धनाथ क्षेत्र विकास समितिका महासचिव विकास लामा, महिला आयोगका पूर्व सदस्य मनु हुमागाईं, स्थानीय समाजेवी एवं सुधार संघका पूर्व अध्यक्षहरु राममणी सिग्देल, अर्जुन प्रसाद घिमिरे, अच्युत प्रसाद प्याकुरेल, हरिबोल बोगटीका साथै समाजसेवीहरु टिआर नेपाल, गोबिन्द भट्टराई, रुद्र बराईली, सुधार संघका पूर्व सचिव गोविन्दप्रसाद आचार्य, काभ्रे पोष्टका सम्पादक बिष्णु प्रसाद चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

संस्थाको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई दोसल्ला तथा प्रमाण पत्र सहित सम्मान गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव देवीलाल जोशी र पूर्व सचिव दीपक प्रसाद चौलागाईले गरेका थिए ।

साथै संस्थाका सल्लाहकार रामहरी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका पूर्व सचिव कुमारप्रसाद घिमिरे, वडा सदस्य भगवान थापा र संस्थाका पूर्व अध्यक्ष हरिबोल बोगटीले शुभकामना मन्तव्य राखेका थिए ।

सरस्वती नगर सुधार संघको कार्यावधि समाप्त भएकोले साधारण सभाबाटै निर्वाचन प्रयोजनार्थ पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको सचिव दीपक चौलागाईले जानकारी गराए ।

पाँच सदस्यीय निर्वाचन समिति
संयोजक :
 अधिवक्ता खगेन्द्र उप्रेती

सदस्यहरु
अधिवक्ता कुमारप्रसाद घिमिरे
अधिवक्ता बासुदेव दाहाल
समाजसेवी भिमसेनप्रसाद ओली
समाजसेवी शेखरनाथ आचार्य

  

(फोटो स्रोत : दीपकप्रसाद चौलागाई, कुमारप्रसाद घिमिरे)

प्रतिक्रिया दिनुहोस्