एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान



२१ भदौ २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठक समितिका संयोजक एवं प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको हो ।

विहीवार साइबर कन्फ्रेन्स मार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजनिक सूचनालाई परिमार्जन सहित पारित गरेको हो ।

बैठकले उक्त पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णय गरेको छ । बैठकले उच्चस्तरीय छनोट समितिबाट छनोट भएका उम्मेदवारलाई संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्