खानुहोस् अम्बाः जसले तपाईको शरिरलाई राख्छ स्वस्थ



२१ भदौ २०७६, काठमाडौं

भनिन्छ नि, मौसमी फलफुलको सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ।

जसमा अम्बा पनि एक हो।

जाडो मौसममा पाईने अम्बा निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक पनि मानिन्छ।

यो प्रोटिन भिटामिन मिनरल्स तथा फाईबरको स्रोत हो।

त्यसैले जान्नुहोस् अम्बाका ७ फाईदाहरुः

–फोलिक एसिड, भिटामिन बी ९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका निकै लागि लाभदायक हुन्छ।

अध्ययनका अनुसार, अम्बाको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ।

–अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ।

चिकित्सकहरुका अनुसार, अपच, ग्यास्टिक इत्यादिका लागि निकै फाईदाजनक मानिन्छ।

जुन रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक हुन्छ।

–नियमित २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँदछ।

–अम्बा खानामा मिठो मात्रा नभई जसको सेवनले शरिरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मदत पनि गर्दछ।

–अम्बा भिटामिन ए का लागि अत्ति उत्तम मानिन्छ।

चिकित्सकहरुका अनुसार, पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल बनाउनका साथै भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि बचाउँछ।

–नियमित अम्बाको सेवनले पाचनप्रणालीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मदत गर्छ।

–चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ ।

एक अध्ययनका अनुसार, अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन जान्छ।

अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ।

प्रतिक्रिया दिनुहोस्