रवीन्द्र मिश्रको डेढ घण्टा ‘ओली जाममा’



२० भदौ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली १५ दिन लामो सिंगापुरको बसाइपछि शुक्रबार स्वदेश फिर्ता भए।

प्रधानमन्त्री ओली अवतरण हुन डेढ घण्टा बाँकी छँदै आकाश खाली गरिएको थियो। त्यसपछि विभिन्न समयको उडानसमेत प्रभावित बनेको थियो।

त्योसँगैं प्रधानमन्त्रीको सवारीका कारण भएको जाममा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि पीडित हुन पुगेका छन्। ओलीको अवतरण हुनुभन्दा अगाडि नै सडकदेखि आकाशसम्म खाली गरिएको थियो।

सोही जाममा परेका संयोजक मिश्रले ट्वीटरमार्फत हैरानी प्रकट गरेका छन्।

‘बिराटनगर जान भनी प्लेजनमा बसेको एक घण्टा भयो। प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अझै अर्को आधा घण्टा लाग्छ रे। हाम्रो मात्र होइन। सिङ्गो विमानस्थलको हाल यही छ।’ उनले ट्वीटरमा लेखेका छन्।

त्यस्तै उनले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै भ्रमण वर्ष सुरु गर्नुपूर्व VVIP को उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्