प्रधानमन्त्री स्वदेश फिर्ता



२० भदौ २०७६, काठमाडौं

स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्केका छन्।

प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह थाई एयरवेजको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। प्रधानमन्त्री ओली गत ५ भदौमा उपचारका लागि सिंगापुर गएका थिए। उनको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्