कलर प्रिन्टमा अत्याधिक मूल्य लिएको भनी बूनपा १० को वडा कार्यालयमा उजुरी



२० भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० पञ्चकन्या चोकमा अवस्थित भट्टराई कम्युनिकेशन एण्ड साईबरले रङ्गीन एफोर फोटोकपी गर्दा अत्याधिक बढी मूल्य लिएको भन्दै रबिन कुलुङले वडा कार्यालयमा उजुरी दिएका छन् ।

बढी शुल्क लिएको रसिद

कुलुङलाई दिएको रसिदमा प्रति कपीको १०० रुपैंया लिएको देखिन्छ । उनका अनुसार बजारमा प्रति कपि रु.२० देखि ३० भन्दा नपर्ने देखिन्छ ।

वडा कार्यालयमा दर्ता गरिएको उजुरी

अत्याधिक मूल्य लिई आफू ठगिएको भन्दै कुलुङले वडा नं. १० को कार्यालयमा आवश्यक कारवाहीको निवेदन सहित उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्