आज हुने टान निर्वाचनमा नेकपा समर्थक अञ्जन थापा (कुमार) समूहले प्यानलै जित्दै



२० भदौ २०७६, काठमाडौं

ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभा आज दिनको १ बजे होटल सोल्टीमा हुन गईरहेको छ ।

पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील अध्यक्षका प्रत्यासी अञ्जन थापा (कुमार) ले नेतृत्व गरेको १७ सदस्यीय सिङ्गो प्यानलले चुनाव जित्ने सुनिश्चित भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नमूना मतपत्र

पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएपछि दुबै समूहको नेतृत्व गर्दै उम्मेदवार बनेका थापा धादिङ जिल्लामा २०३४ सालमा जन्मिएका हुन् ।

सबैलाई समन्वय गरेर लैजान सक्ने क्षमता राख्ने थापाले आमसञ्चार अध्ययनकै सिलसिलामा पर्यटन क्षेत्रमा सक्रिय भई लगनशिलता र मेहनतका कारण सानै उमेरमा सफल युवा पर्यटन बन्न सफल भएका छन् । २०५४ सालबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका थापा काठमाडौं दरबारमार्ग स्थित चारतारे होटल उडल्याण्ड, हिमालयन ईन्टरनेशनल योगा एकेडेमी, व्युटिफुल काठमाडौँ होटल, ट्रस्ट एन्ड केयर मन्टेश्वरी स्कुल र अदृश्य फाउण्डेसन नेपाल लगायत व्यवसायिक र सामाजिक संस्थाहरुको संचालन गरिरहेका छन् ।

असाही ट्रेक्स एन्ड एक्सपेडिसनको सञ्चालन गरि पदयात्रा व्यवसायमा क्रियाशील थापा लायन्स क्लवमा नेपाल टुरिजम्को अध्यक्ष समेत रहेका छन् । ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) को पूर्व कोषाध्यक्ष, पर्यटन सेवा संघको पूर्व उपाध्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्य समेत भईसकेका थापा पर्यटन वर्ष २०२० लाई सफल बनाउन दत्तचित्त भएर लागि परेका छन् ।

नेपालका करिब ६० जिल्ला र विश्वका करीब ५० बढी देशको भ्रमण गरिसकेका थापाले विश्व बजारमा नेपालको पर्यटन प्रबर्द्धनलाई प्रभावकारी ढंगले टेवा पुर्याईरहेका छन् ।

विवरण सहितको उम्मेदवार परिचय

युवा पर्यटन व्यवसायी अञ्जन थापा (कुमार) समूह बर्तमान सरकारसँग निकट रहेको र उनको समूहका सबै उम्मेदवार समावेशी, अनुभवी र बर्तमान सरकारसँग लबिङ गर्ने क्षमता राख्ने भएकाले सिङ्गो टिमलाई मतदान गर्न निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र प्रसाद सापकोटाले अनुरोध गरेका छन् ।

उम्मेदवारको विस्तृत विवरण :

            

प्रतिक्रिया दिनुहोस्