जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो



१९ भदौ २०७६, काठमाडौं

जयबागेश्वरी मन्दिर जिर्णाेद्धारको क्रममा मन्दिर भित्र अर्काे पुरातात्विक महत्वको मन्दिर फेला परेको छ ।

यद्धपी, पशुपति क्षेत्र विकास कोषले जिर्णाेद्धार गरिरहेको पुरातात्विक महत्वको मन्दिरमा सम्पदा संरक्षणको नियम बिपरीत जिर्णाेद्धार गरिहेको स्थानीय जलद राज बैद्यले आरोप लगाएका छन् । उनले भने, ‘पुरातात्विक महत्वको सम्पदा जिर्णेद्धार गर्दा साबेलको प्रयोग गर्न पाईन्न । तर कोषले साबेल जस्ता धारिला हतियारको प्रयोग गरी मन्दिरका ढुङ्गा, इट्टामा चोट पुर्याएको छ ।

पाशुपत क्षेत्रमा अवस्थित जयबागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिर भन्दा पुरानो रहेको बताईन्छ । परापूर्वकालमा सती प्रथाको समयमा सती जाने महिलाहरुले आफ्नो धन सम्पत्ति जय बागेश्वरी मन्दिरमा दान गरेर जाने किम्वदन्ती पाईन्छ । त्यसैले कुनै बेला जयबागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिर भन्दा पनि धनी रहेकोले तत्कालिन शासकहरुले अंग्रेजसँगको युद्धमा मन्दिरको सम्पत्तिले युद्ध लडेको स्थानीयको दावी रहेको छ ।

नेवारी समुदायको उत्पति स्थलको रुपमा परिचित पाशुपत क्षेत्रलाई नेवारीमा ग्वलः समेत भनिन्थ्यो । तत्कालिन अवस्थामा जयबागेश्वरी मन्दिर नेवारी सभ्यताको प्रतिविम्वको रुपमा रहेको समेत स्थानीय भनाई छ ।

यो पनि पढनुहोस्

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

प्रतिक्रिया दिनुहोस्