गएरातिको अबिरल वर्षाले ढल्यो काठमाडौंमा घर !



१८ भदौ २०७६, काठमाडौं

मूलपानीमा आजरातिको अबिरल वर्षाले निर्माणाधीन घर भत्किएको छ। ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएको हो।

घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।

कागेश्वरी मनोहरा ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स-साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्