नेइमारको बार्सिलोना फर्किने सपना अधुरै : पिएसजीमै थन्किने पक्का



१८ भदौ २०७६, काठमाडौं

यस सिजनभर बजारमा ट्रान्सफरका लागि छाएका ब्राजिलियन फुटबल स्टार नेईमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किने भएका छन् ।

पछिल्लो समय बार्सिलोना जाने चर्चा चलेपनि अन्तिम समयमा पीएसजीले ठूलो रकम सहित विभिन्न शर्त राख्नाले नेयमारको ट्रान्फर सफल हुन सकेन । अन्तिम समयसम्म पनि बार्सिलोनाका पदाधिकारीले नेइमारलाई आफ्नो क्लबमा फर्काउन पीएसजीसँग छलफल गरेका थिए । तर त्यो सफल हुन सकेन ।

स्पेनिस लिगको खेलाडी ट्रान्सफरको समय सोमबार सम्म मात्र रहेको थियो । नेइमार दुई बर्षअघि दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्